नेकपा एमाले उर्लाबारीका मेयर पदका उम्मेदवार खरेलको भाषण

alt

मोरङ । मोरङको उर्लाबारी नगरपालिकामा नेकपा एमालेका तर्फबाट मेयर पदमा उम्मेदवार बनेका गंगा खरेलको भाषण शैली अनौठो र उटपट्याङ रहेको छ ।

चुनवी अभियान अन्र्तगत घरदैलो कार्यक्रमको कोण सभालाई सम्वोधन गर्ने क्रममा मेयर पदका उम्मेदवार खरेलले टेबुलमाथी चढेर भाषण गरेको फोटो यतिवेला समाजिक संजालमा विवादित बनेको छ ।

विवाद सगै सो फोटो भाईरल पनि बनेको छ । उनको यो शैली हास्यास्पद र अनुशासनहिन भएको तर्क यतिवेला संजालमा चल्न थालेको छ ।

विध्यार्थी जिवनमा कक्षा १/२ मा पढ्ने साना बालबालिकाहरुले विध्यालको डेक्ससमा चढेर को ठुलो भनेर आफ्नो बालापन प्रस्तुत गरे झै मेयर पदका उम्मेदवार खरेलले पनि टेवलमाथि चढेर म अग्लो भए, ठुलो भए पर सम्म प्रष्ट देख्न सक्छु भनेर आफ्नो उचाइ देखाएका होलान !  भनेर यतिवेला चिया पसल र जक्सनहरुमा हासी, मजाक र मनोरञ्जनको खुराक बन्ने गरेको छ ।

मोरङ जिल्लाकै दोस्रो ठुलो शहरका रुपमा रहेको उर्लाबारी नगरपालिकाको मेयर जस्तो सम्मानित र अनुशासित पदमा उम्मेदवारी दिएका खरेलको यो भाषण शैलीले उनको अनुशासन र मर्यादा माथि नै प्रश्न चिन्ह खडा गरेको छ। 

७४ हजार भन्दा उर्लाबारी बासीको अभिभावकका रुपमा मेयर पदमा उम्मेदवारी दिएका खरेलको यस्तो प्रवृतिले भोलिका दिनमा उर्लाबारी बासीले उनिबाट कस्तो अनुशासन र मर्यादा सिक्ने भन्ने अन्योलता सृजना भएको छ । 

उनको यो शैलीले विज्ञान  र प्रविधिको युगमा सामाजिक संजाल  प्रयोगकर्ता बालबालिका र किशोरकिशोरीको मस्तीष्कमा नकरात्मक असर पार्ने दिखेन्छ ।

हुनत नेपालीमा एउटा उखान पनि छ बस्न पाए भनेर थ्याच्च नवस्नु र थुक्न पाए भनेर पिच्च नथुक्नु भन्ने तर यहा मेयर पदका उम्मेदवारले नै भाषण गर्ने अवसर मिल्यो भन्दैमा आफ्नो मर्यादाक्रमलाई विर्सेर कहा उभिने कहा टेक्ने समेत विचार नगरी टेवुल माथी नै चढेर भाषण ठोकेर मजाकको पात्र बनेका छन् ।

    क्षतिग्रस्त संरचना निरीक्षण क्षतिग्रस्त संरचना निरीक्षण

    इटहरी ।  आन्दोलनका क्रममा सार्वजनिक र निजी सम्पत्तिमा भएको आगजनी तथा त ...

    ४१ जनावर र एक बालिकालाई टोकेको कुकुरमा रेविज ४१ जनावर र एक बालिकालाई टोकेको कुकुरमा रेविज

    पाँचथर। पाँचथरको फिदिम बजार क्षेत्रमा करिब एक घण्टाभित्र ४१ वटा जनावर र एक ...

    सुनसरीमा निषेधज्ञा हट्यो, जनजीवन सामान्य बन्दै सुनसरीमा निषेधज्ञा हट्यो, जनजीवन सामान्य बन्दै

    इटहरी।  जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लामा जारी रहेको निषेध आदे ...

    सम्पर्क

    • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
    • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
    • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
    • स्थायी लेखा नं.: ६१०१३९७३०
    • पारस सुबेदी (ईटहरी)
    • सरोज पौडेल (बिराटनगर)
    • बिनोद कार्की (तेर्ह्रथुम)
    • पुजन खनाल (धनकुटा)
    • पदम कार्की (पाँचथर)
    • विज्ञापनका लागि : ९८०७०६३२५४
    • Email: [email protected]