इनरुवा । स्थानीय तहको निर्वाचनका लागि उमेदवारी दिएका स्वतन्त्र उमेदवारहरु पनि निर्वाचनको मिति नजिकीएसंगै मतदाताको घरदैलोमा आफना प्रतिवद्धता सहित मत माग्न पुगिरहेका छन ।

   सुनसरीको सदरमुकाम समेत रहेको इनरुवा नगरपालिकाको वडा नम्बर ५मा वडाध्यक्षका लागि स्वतन्त्र उमेदवारी दिएका रामनारायण चौधरी आफना चुनावी एजेण्डा सहित मतदाताका घरदैलोमा व्यस्त रहेका हुन ।

   राजनितिक दलहरुले वडावासीहरुलाई उपेक्षा गरेको वडाको विकासमा जनसहभागिता नगराएको लगायतका विषयलाई मुख्य चुनावी एजेण्डा वनाएर वडाध्यक्ष हुँदा पाउने सेवा सुविधा नलिइ वडामा भौतिक तथा मानवीय विकासका लागि योजनावद्ध रुपमा काम गर्ने चौधरीले प्रतिवद्धता गर्दै आएका छन ।vv

स्वतन्त्र उमेदवार चौधरीले जन्म तथा मृत्यु दर्ता निशुल्क गर्ने वातावरण मैत्री जनसहभागिता सहित प्राथमिकीकरण , सामाजिक सुरक्षा भत्ता वडाबाटै वितरणको व्यवस्था मिलाउने , शिक्षा, स्वास्थ्य ,कृषि  तथा अन्य विकास कार्यमा जनसहभागिता गराई वडामा रहेका समस्याहरु समाधान गर्दै विकास निर्माण गर्ने बाचा गर्दै उमेदवार चौधरी मतदाताको घरदैलोमा पुगिरहेका छन । स्थानीय युवा ,खेलाडीहरुका लागि खेलकुद विकासका लागि प्रोत्साहन गर्ने , युवा तथा महिलालाई सिप मुलक तालिम प्रदान गरी आत्मनिर्भरताका लागि आय आर्जनमा सहज वनाउने लगायतका एजेण्टा सहित चौधरी आफना सहयोगी सहित  घरदैलो अभियानमा रहेका छन ।