इटहरी / नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधामन्त्री केपी शर्मा ओली आगामी २४ गते इटहरी आउने भएका छन् । नेकपा (एमाले) इटहरी उपमहानगर कमिटिले आयोजना गर्ने स्थानीय निर्वाचन लक्षित आससभालाई सम्बोधन गर्न उनी इटहरी आउने लागेका कार्यक्रम संयोजक एवम् एमाले केन्द्रिय सदस्य लक्ष्मी गौतमले पत्रकार सम्मेलनमार्फत् जानकारी दिएकी हुन् ।निर्वाचन आयोगको आचारसंहिताका कारण सार्वजनीक स्थल, विद्यालयका खुल्ला चौर र अन्य सरकारी कार्यालयका सभाहलमा कार्यक्रम गर्न नमिल्ने भएकाले साथी पेट्रोल पम्पको पछाडी रहेको व्यक्तिको जग्गामा कार्यक्रम गर्न लागिएको कार्यक्रम संयोजक गौतमले जानकारी दिइन्।

कार्यक्रमका लागि जिल्ला प्रशासन कार्यालय सुनसरीबाट हिजो (वैशाख २१) नै कार्यक्रमका लागि अनुमती लिएको जानकारी गराइन् । अध्यक्ष ओलीले एमालेको वर्तमान चुनावी अवस्था, पार्टीलाई जिताउन नेता कार्यकर्ताका साथै मतदातालाई पनि एमालेका एजेण्डा बारे जानकारी गराउने उनले बताइन् । त्यसपछि अध्यक्ष ओलीले धरान, विराटनगर, दमकमा आयोजना हुने कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम तय गरिएकाे छ ।