सत्ता गठबन्धनले संयुक्त चुनावी आमसभा गर्ने भनिएको भरतपुरको केन्द्रीय बसपार्क क्षेत्र रातभरको वर्षाका कारण डुबानमा परेको छ । 

भरतपुरको केन्द्रीय बस टर्मिनलको खाली क्षेत्र जलमग्न भएको छ । सभाका लागि अघिल्लो दिन नै तयार पारिएका मञ्च र टेन्टहरू पनि डुबानमा परेका छन् । 

आमसभा स्थललाई सजाउन राखिएका झण्डाहरू पनि हावाले उडाउँदा यत्रतत्र झरेर पानीमा डुबेका छन् । अब कसरी आमसभा गर्ने भन्नेबारे छलफल गरिने कांग्रेसका एक नेताले जानकारी दिए । 

सभालाई सम्बोधन गर्न प्रधानमन्त्री शेरबहादुर देउवा बुधबार नै चितवन आएर भरतपुर बसेका छन् ।

आमसभालाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका नेताहरुले सम्बोधन गर्ने भनिएको छ ।