इटहरी / एमाले सुनसरीका पूर्व अध्यक्ष तथा इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले इटहरीमा एमालेका मेयर र उपमेयरका उमेदवारले चुनाव जितिसकेको दावी गरेका छन् । इटहरीको १६ नम्बर वडामा एमालेको घरदैलो कार्यक्रममा बोल्दै चौधरीले घोषणा हुनमात्र वाँकी रहेको वताएका छन् ।

गठवन्धन भन्ने पार्टी नभएकाले एमालेले इटहरीमा विजय हासिल गर्ने दावी उनले गरे । चौधरीले अहिले सम्म निर्विवादित रहेका शालिन नेतायाम सुब्बालाई एमालेले उम्मेदवार वनाएको वताए ।


अहिले प्रतिपक्षले एमालेको कमाण्डमा चलेको इटहरी उपमहानगरले पाँच वर्षमा कुनै काम नगरेको भनेर अर्नगल प्रचार मात्रै गरेको चौधरीले बताए । पाँचवर्षमा कुनै काम भएन भन्नेलाई गाउँ–गाउँमा दुई लेन सडक पुगेको कुनै पालिका देखाउन चौधरीले चुनौति दिए । यदि कुनै काम नगरेको कसैले पुष्टि गरे आफू राजिनामा दिन तयार रहेको समेत बताए ।

तुलना गर्न अन्त कतै नगए हुने विराटनगर र इनरुवासँग इटहरीलाई तुलना गर्न चौधरीले सुझाए । त्यहिबाट एमालेको सरकारले गरेका कामकति छ भनेर देखिने चौधरीको तर्क छ । यसैगरि गाउँलाई सहरसँग जोड्न उल्लेख्य मात्रामा सडक विस्तार गरिएको चौधरीले जानकारी दिए । पाँच वर्षमा उपमहानगरबाट मात्रै दुई सय मिटर सडक कालोपत्रे गरेको चौधरीले जानकारी दिए ।