पुन : मेयरको उमेदवार बनेर घरदैलोमा पुगिरहेका निलम खनाल जनताको गुनासोबाट भाग्न थालेको जनताको गुनासो छ । ५ वर्षमा के-के गर्नु भयो भनेर खनाललाई प्रश्न गर्दा खनाल र पार्टीका कार्यकर्ताहरु नाजावाफ हुन थालेका छन् ।

२०७४ सालमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा वराहक्षेत्र नगरपालिकाको मेयरमा नेकपा एमालेबाट निलम खनाल बिजयी भएका थिए । उपमेयरमा पनि एमालेबाटै कमला मगर बिजय बनेकी थिईन् ।

२० वर्षको अन्तरालमा भएको स्थानिय तहको निर्वाचनले जनताको सेवकको रुपमा जनप्रतिनिधि आए भनेर जनता पनि पख बनेका थिए । जनताको आधारभुत आवश्यक्ता र रोजगारीमा स्थानीय सरकारका जनप्रतिनिधि लागि पर्ने छन भनेर नगरबासीले अपेक्षा गरेका थिए । तर त्यो जनताको उत्साह ,अपेक्षा क्रमश निराशामा परिणात भएको स्थानिय वराहक्षेत्रवासीहरु बताउछन् ।

जनप्रतिनिधिहरु जनताको सेवक भन्दा पनि शाशकको रुपमा वराहक्षेत्र नगरपालिकामा प्रस्तुत भएको नगरवासीको गुनासो छ । स्थानीय रामप्रसार पराजूली नगरपालिकाले गरेको कामले जनताको उत्साह हरण गरेको बताउछन् ।

नगरपालिकाले कर्मचारी नियुक्तमा नाताबाद र बिकास निर्माणमा कमिशनबादमा जनप्रतिनिधि मुसिएको गुनासो छ।
नगर प्रमुखले नगरपालिकाको इन्जिनियरमा आफ्नो भतिजालाई नियुक्ति गरेको स्थानियको आरोप छ । वडा नं ७ को स्वास्थ्य इकाईका एमालेका जिल्ला तहका नेताको छोरीले नियुक्ति पाईन । नगरपालिकाको सुचना अधिकृतमा इनरुवा घर भएका एमालेका नेताको छोरोले जागिर पाए । यी घटना क्रमश बढ्दै भएको आरोप नगर प्रमुखलाई नगरबासीले लगाउछन् ।

वडाध्यक्षको छोरोलाई नगर प्रहरीमा जागीर , नगरपालिकामा मन्त्रीको पिएको श्रीमतिलाइ जागीरमाब नियुक्त पछि त नगरप्रमुख प्रति नगरबासीले रुष्ट बन्दै गएका थिए । बार्षिक करोडौ बेरुजुको प्रतिवेदन महालेखाले सार्वजनिक गरे पनि निर्बतमान मेयर हालका एमालेबाट मेयरका उमेदवार निलम खनाललाई जनताले आरोपै आरोप तैसाउन थाले ।

नगरले २०७५ सालमा लगाएको सोलरमा भष्ट्रचारमा मेयर मौन वसेको स्थानियको आरोप । बेलका नगरपालिकाले वराहत्रेत्रका कोशि पारिको जनतालाई दुख दिदा नगर प्रमुख निलम खनाल चुप चाप बसेको स्थानीय प्रकाश चन्दबशीको आरोप छ । गाई अनुदानमा अनियमितामा मेयर संग्लन भएको स्थानियको आरोप छ। गाई बितरण एमालेका नेताले पाएको भन्दै स्थानिय रुष्ट्र बनेका थिए ।

त्यस्तै स्थानियहरु होमपाइ खरिदमा कमिसन, आफ्नो घर अगाडि पिच, बिकासमा बिबेद, नाताबाद हाबि गरेको एमालेका उमेदवार निलम खनाललाई नगरबासीको आरोप छ ।