खोटाङ । खोटाङको बाराहापोखरी गाउँपालिका वासिका लागी गोमा मगर कुनै नयाँ नाम होइन ।
अघिल्लो स्थानिय निर्वाचनमा पनि भारि मतले गाउँपालिका उपाध्यक्षमा जित हाशिल गरिसक्नुभएकि गोमाले कार्यकाल भरी गरेको कामहरूको चर्चा गाउँ देखि शहर सम्म सुन्न सकिन्छ ।
जिम्मेवार प्रति गहन भइ इमान्दार साथ गरेको कामकै कारण उनको चर्चा यो स्थानिय निर्वाचनमा पनि त्यतिकै चुलिदो छ ।
उनको सहयोगि सदभावपुर्ण व्यवहार , मिजासिलो पन , मिठासपुण बोलि बचनके कारण यो पटकको स्थानिय निर्वाचनमा पनि गाउवासिहरूले खोजि गर्न थाले ।
अघिल्लो निर्वाचनमा नेकपा एमालेबाट गाउँपालिकाको उपाध्यक्षमा बिजय हाशिल गरि सक्नुभएकी गोमा यो पटकको स्थानीय निर्वाचनमा कुशल नेतृत्व गर्न सक्ने साहसी महिलाको रूपमा पार्टिले प्रमुख पदका लागी उमेद्वार तोके अनुसार गाउँपालिकामा उनले उमेद्वारी दिनु भएको छ ।
५ वर्ष उपाध्यक्षको कार्यकाल सकेर पुनः गाउँपालिका प्रमुखका लागी उहाँले आफ्नो उमेद्वारी दिएसंगै गाउँवेशिमा मतदाताहरू उत्साहित देखिएका छन । स्थानिय निर्वाचनको मिति नजिकिदै गर्दा गाउँपालिकाको अध्यक्ष पदमा मगरलाइ जिताउन सिंगो गाउँवासिहरू लागि परेका छन ।
मगरलाइ जिताउन एमाले समर्थक मात्र नभइ गाउँवासिहरूपनि अहिले भोट माग्न घरदैलो अभियानमा सरिक हुदै आएका छन ।
अघिल्लो कार्यकालमा अधुरो रहेको कामहरूलाइ यो निर्वाचन पश्चात बिजयी भएर निरन्तरता दिने उनको प्रतिवद्धता छ ।
को हुन ? गोमा मगर
# खोटाङको खोटेहाङ गाउँपालिकामा बाबा प्रेम बहादुर मगर र आमा पवित्रा माया मगरको कोखबाट बिक्रम संम्वत २०४० सालमा जन्म भइ २०५६ साल देखि बराहा पोखरीमा राजनीतिक जिवन ब्यतित गर्दै आउनुभएकि गोमा नेकपा एमालेको पाँचौ अधिवेशनबाट जिल्ला कमिटी सदस्य हुदै जनवर्गिय संगठन अखिल नेपाल महिला संघ जिल्ला कमिटी सदस्य हुदै केन्द्रिय सदस्य सम्म भएर्की हाल बाराहापोखरी गाउँँपालिकाको पार्टि इञ्चार्ज हुनुहुन्छ ।
# पार्टि इञ्चार्ज रहेकै बेला उनको चर्चा गाउमा चुलिएको थियो । सोहि अवसरलाइ सदुपयोग गर्दै मगरले पहिलो स्थानीय निर्वाचनबाट छलाङ मार्ने कोशिश अन्तरगत उपाध्यक्षमा निर्वाचित हुनुभयो । ।
# डेढ वर्षको बच्चालाई काखमा राखेर सुरू गरेको राजनीति यात्राले उनलाई एक पछि अर्को सफलता दिलाउदै गयो ।
# राजनीति संगै सामाजिक कार्यहरूमा पनि त्यतिकै सकृिय देखिनुभएकि गोमाले अन्तत घर परिवार र समाजबाट पनि उत्तिकै साथ सहयोग , सदभाव पाउनुभयो ।
# परिवारमा आर्थिक स्थिती कमजोर हुदा हुदै पनि समाज सेवा र पिछडिएका महिलाहरूको हक अधिकारकालागि बुलन्द आवाज बनेर उनि मैदानमा उत्रि रहिन ।
# उनको सोहि लगनशिलता र मेहनतकै कारण तत्कालिन फाक्टाङ गाविसमा महिला सरोकार समाजको अध्यक्ष साथै वातावरण स्वास्थ्य संस्थाको अध्यक्षको पदभार सम्हाल्नु भएको थियो ।
उनको उम्मेद्वारी किन ?
→अघिल्लो कार्यकाल रहदा पुरा गर्न नसकेको कामहरूलाइ निरन्तरता दिन र गाउँमा भौतिक पूर्वाधार बिकाशका कामहरू गर्न ।
→गाउपालिका अन्तर्गत बिकाशको योजनाहरूमा हुने भट्राचारलाई अन्त्य गराइ सेवालाई चुस्त दुरूस्त बनाउन ।
→गाउँमै रोजगार मुलक तालिमहरू प्रदान गरी किशोर किशोरिहरूलाइ स्वोरोजगार बनाउन पनि उनको उमेद्वारी आवश्यक रहेको ।
→गाउँपालिका क्षेत्रमा रहेका शिक्षालाई आधुनिकिकरण गर्दै सुधारात्मक कामहरू गर्न ।
→कृषिलाइ आधुनिकिकरण गर्दै गाउपालिकावासिलाइ कृषि बाट आत्मनिर्भर बनाउन ,
→स्वास्थ्य क्षेत्रमा उल्लेखनिय सुधार गरी नागरिकहरूमा छिटो छरितो स्वास्थ्य सेवा उपलब्ध गराउन ।


