इटहरी । इटहरी उपमहानगरपालिका वडा नं. ८ मा एमाले तर्फबाट वडाध्यक्ष पदमा अरुण कुमार चौधरीले उम्मेदवारी दिएका छन् । उनले स्कुले जीवनबाट राजनितिक यात्रा सुरु गरेका हुन् तर आधिकारी सुरुवात २०४६ सालदेखि आधिकारीक सुरुवात गरेका हुन् । उनले सुरुमा नेवी संघको वडा सभापति भएर काम गरे र २०४७ सालमा नगर सदस्य बने । त्यसपछि उनी केही समय फोरमको जिल्ला सदस्य बने । २०७४ सालको स्थानिय चुनावमा लोकतान्त्रिक पार्टीबाट मेयरमा उम्मेदवार दिएका उनी यही बैशाख १ गते नेकपा एमालेमा प्रवेश गरे । पार्टी प्रवेश गरे लगत्तै उनले एमालेबाट वडाध्यक्ष पदमा उम्मेदवारी दिएका हुन् । उनले आफूलाई नेपाली कांग्रेस, फोरम कुनै पार्टी मन नपरेर एमालेमा प्रवेश गरेको बताए ।
 
उनले आफूले निर्वाचन जितेमा प्रहिलो प्राथमिक्ता डुबान क्षेत्रलाई दिने र त्यसको सामाधान गर्ने बताए । उनले पिच रोड बनाउनु भन्दा पहिले हिलो पानीमा हिड्नु पर्ने बाध्यता भएको सडकमा ग्राभल गर्ने बताए । यस वडामा बिजुली नपुगेका ठाउँ धेरै छन् त्यहाँ बिजुली पुर्याउने बताए । 

यस्तै उनले अहिलेको वडाध्यक्षले आफ्नो कार्यकालमा शिक्षा क्षेत्रमा वडाबाट बजेट नछुट्याएको गुनासो गर्दै भने, ‘म आफै पनि विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुँ । तर मैले आजसम्म पनि वडा र नगरबाट विद्यालयको लागि बजेट पाइन । बजेट नपाएपछि मैले आफै ६ लाख रुपैयाँ सामुदायिक विद्यालयलाई छुट्याए ।’ 

विकासको क्षेत्रमा ६०/४० को अवधारणा छ । उनले भने, ‘हाम्रो वडामा दलित र गरिब समुदाय धेरै छन् । उनीहरुले ४० प्रतिशत रकम पनि जम्मा गर्न नसक्ने अवस्था भएकाले मैले शून्य प्रतिशतमा सडक बनाउने लक्ष्य राखेको छु । 

युवालाई स्वरोजगार बनाउन आफूले विभिन्न योजना बनाएको बताए । कृषिमा सही कृषक पहिचान गरेर उनीहरुलाई आधुनिक कृषि अन्तर्गत धान काट्ने मेसिन, बिऊविजन, मललगायतका सामान अनुदानमा दिने बताए ।

उनले आफूले ५ वर्ष भित्र यस वडालाई धुलोरहित हरित नगरी, फ्री वाइफाइ जोन र चोकमा सिसिटिभि जडान गर्ने योजना रहेको बताए ।
280053093_519253836277009_8920048975238187376_n
 
अहिलेका वडाध्यक्षले स्थानियको जनगुनासो नसुन्ने र साधारण सिफारिस दिन पनि तीन दिन लगाइदिने गरेकाले स्थानिय उनीसंग रुष्ट भएको र आफूले यस पटक निर्वाचन जित्ने पक्का भएको उनले बताए । 

उनले वडामा हेलो डेस्कको व्यवस्था गरेर एउटा सदस्य रख्ने र जनगुनासो सुनेर फिल्डमा गएर योजना बनाउने आफ्नो योजना रहेको बताए । आफूले यस क्षेत्रमा धेरै अघिदेखि समाजसेवा गरेको जनाउँदे 
उनले भने, ‘मैले धेरै वर्षदेखि समाजसेवा गरिरहेको छु । त्यसैले म जिते सरह छु । बढि मतान्तरले जित्नको लागि मात्र लागी परेको छु ।’

उनले स्थानियलाई आफू माथि विश्वास गरेर ढुक्कका साथ मतदान गर्न आग्रह गर्दै भने, ‘मैले बोलेका सम्पूर्ण कुरा पूरा गरेर देखाउँछु । म ५० वर्ष लाग्न लागे त्यसैले मलाई मोजमस्ती गर्नु छैन । छोराछोरीको लागि केही गर्नु छैन । म व्यापारि हुँ म सम्पन्न छु । त्यसैले म समाजसेवा गर्न चाहन्छु मैले बोलेको कुरा पूरा हुनेछ भन्नेमा निर्धक्क हुन आग्रह गर्छु ।’ 
279472948_673630310363790_3874257372604896376_n