बराहक्षेत्र । नेकपा एमाले बराहक्षेत्रले बैशाख २७ गते नगरस्तरीय जनसभा गर्ने भएको छ । शेर धन राईको प्रमुख आतिथ्यमा चक्रटीमा हुने जनसभामा दशौ हजार कार्यकर्ता उपस्थिति गराउने जानकारी गराएको छ । 

शनिबार साँझ नगरपाटी कार्यलय महेन्द्रनगरमा पत्रकार सम्मेलन गरी निर्वाचन परिचालन कमिटी संयोजक बद्रीनाथ घिमीरेले जानकारी दिए  ।

निर्वाचनको सन्दर्भमा सञ्चालित घरदैलो कार्यक्रमको समापन सगँसँगै पार्टीको नगरस्तरीय जनसभा गर्न शेरधन राईको प्रमुख आतिथ्यम बराहक्षेत्र नगरपालिका ६ स्थित चक्रघट्टिमा बसपार्कमा दशौँ हजार नेता कार्यकर्ताको समर्थक, शुभचिन्तक लगायतको सहभागिता गराउने जनाइएको छ ।

उक्त कार्यक्रम सम्पन्न गर्न निर्वाचन परिचालन कमिटिले उपसमितिहरु समेत निर्माण गरेको जानकारी गराएको छ । मञ्च व्यवस्थापन उपसमितिमा तीर्थराज माझी संयोजक साथै सुरज भण्डारी र गंगाराम शाह सदस्य रहेका छन्।

अतिथि सत्कार उपसमिति अन्तर्गत सीता भण्डारी पौडेल संयोजक र मणिदेवी राई,दिव्यकुमारी खड्का, रेणुका ढुङ्गाना र जानुका गुरुङ सदस्य रहेका छन्।
त्यसैगरी प्रचारप्रसार समितिमा राजेन्द्र कार्कीको संयोजकत्वमा नवराज बिष्ट, लक्ष्मण कटुवाल लगायत प्रेस चौतारी नेपाल सम्बद्ध बराहक्षेत्र नगरभित्र रहने सञ्चारकर्मीहरु रहेका छन्।

स्वयम् सेवक परिचालन उपसमिति अन्तर्गत सन्तोष ओख्राबूको संयोजकत्वमा समीर तामाङ, पृथ राई, आकाश तामाङ, चित्रमान राई, सविन राई, सुरज भट्टराई, दीक्षा राई लगायतको सदस्य सहितको समिति रहेको छ । यातायात व्यवस्थापन उपसमिति अन्तर्गत गजेन्द्र बहादुर थापाको संयोजकत्वमा रमेश कुमार विष्ट,गंगाराम शाह, कविता गोले, अशोक यादव रहेका छन्।

साथै उक्त कार्यक्रममा नेकपा एमाले बराहक्षेत्र नगरको घोषणा पत्र पनि सार्वजनिक गरिएको थियो। 

घोषणा पत्रमा सबै क्षेत्रलाई सम्बोधन हुने गरि निर्माण गरेको राजेन्द्र कार्कीले बताए। उनले भने कृषि, शिक्षा, स्वास्थ, भौतिक पुर्वाधार लगाएतलाई समेटेको छ । 

प्रेस सम्मेलनमा बद्रिनाथ घिमिरे, तीर्थराज घिमिरे, गजेन्द्र थापा, आशाराम चौधरी, राजेन्द्र कार्कीलगायत नेकपा एमाले बराहक्षेत्रका नेताहरुको उपस्थिति रहेको थियो ।