लेटाङ । लेटाङ ८ जाँतेमा निर्वाचन आचारसंहिता उल्लंघन गर्दै चुनावलाई लक्षित गरि मतदाता प्रभावित पार्न ह्युमपाइप वितरण गर्न लागिएको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको छ । नगरपालिकाबाट ८ नम्बर वडा कार्यालयका लागि पठाइएको ह्युमपाइप जाँते बजार नजिकै नोवेल बोर्डिङ स्कुल नजिकै खसाल्न लागेको अवस्थामा नेकपा एमाले र नेशनल मंगोल अर्गनाइजेशनका नेता कार्यकर्ताहरुले प्रहरीलाई खबर गरेपछि पुगेको प्रहरीले ह्युमपाइप नियन्त्रणमा लिइ प्रहरी चौकी जाँतेमा राखेको छ ।
प्रदेश ०१ ००१ त ९२६९ नम्बरको ट्रयाक्टरमा ल्याइएको ५ वटा ह्युमपाइप प्रहरीले नियन्त्रणमा लिएको हो । ट्रयाक्टरका चालकले जीवन रिजालकोमा लगेको बतएपनि सो ह्युमपाइप ८ नम्बर वडा कार्यालयले मगाएको पाइएको नेकपा एमालेका नेता राजन राईले बताए ।



