धरान स्थित निर्वाचन अधिकृतको कार्यालयमा दलको कार्यकर्ता खटाएको भन्दै उजुरी

alt

    धरान : धरानस्थित निर्वाचन अधिकृतको कार्यालयमा दलका नेतालाई खटाएको भन्दै जिल्ला निर्वाचन कार्यालयमा उजुरी परेको छ ।

    क्षेत्रीय कारागार झुम्का कारागारमा कार्यरत  मणिराज पोखरेललाई निर्वाचन कार्यालयमा खटाइएको छ । उनी नेकपा समाजवादी पार्टीका जिल्ला सचिवालय सदस्य भएको बताइएको छ । कर्मचारीहरू कुनै पनि दलमा आबद्ध हुन नहुने कानुन भए पनि उनी दलसँग आबद्ध भएको पाइएको छ । दलका जिम्मेवार व्यक्तिलाई निर्वाचनमा खटाउँदा निष्पक्षता माथि प्रश्न उठ्छ ।

    दलका जिम्मेवार व्यक्ति चुवानमा खटाइएको विषयमा जिल्ला निर्वाचन कार्यालय सुनसरीमा नेकपा एमाले जिल्ला कमिटी सुनसरीले गत १५ गते उजुरी दिइएको थियो । तर उजुरीको विषयमा आयोग तथा जिल्ला प्रशासन कार्यालयले कुनै सुनुवाइ नगरेको एमालेले जनाएको छ ।

    प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले उनी पार्टीमा भएको भन्ने उजुरी आएको बताए । ट्रेड युनियनमा भएका कर्मचारीहरूलाई भने हामीले  व्यवस्थापन गरेका छौँ । कुनै पनि कर्मचारी दलसँग आबद्ध हुन नपाइने कानुनमा छ । बराह क्षेत्रमा खटिनु भएका एक कर्मचारी ट्रेड युनियनमा भएको पाइए पछि फिर्ता बोलाइएको उनले बताए ।

    निर्वाचन कार्यालय धरानका निर्वाचन अधिकृत पुष्करराज नेपालले यस विषयमा उनी दलसँग आबद्ध नभएको पाइएको बताए । उजुरी आए पछि उनलाई निगरानीमा राखेर काममा खटाइएको उनले बताए ।

     मोरङमा महिला लक्षित एक दिने हिपहप नृत्य कार्यशाला सम्पन्न मोरङमा महिला लक्षित एक दिने हिपहप नृत्य कार्यशाला सम्पन्न

    इटहरी । मोरङको सुन्दरहरैँचा नगरपालिकास्थित द राइजिङ बोर्डिङ स्कुलको सभा हलम ...

    कोशीमा मुख्यमन्त्रीको विषयलाई लिएर एमालेभित्र विवाद, नयाँ सरकार गठनमा ढिलाइ कोशीमा मुख्यमन्त्रीको विषयलाई लिएर एमालेभित्र विवाद, नयाँ सरकार गठनमा ढिलाइ

    इटहरी । कोशी प्रदेशको मुख्यमन्त्रीका बिषयमा नेकपा एमालेभित्र विवाद भएपछि एम ...

    नियोपोलिस विश्वविद्यालय पाफोसको ‘एजेन्ट मिट एन्ड ग्रिट’ कार्यक्रम इटहरीमा सम्पन्न नियोपोलिस विश्वविद्यालय पाफोसको ‘एजेन्ट मिट एन्ड ग्रिट’ कार्यक्रम इटहरीमा सम्पन्न

    इटहरी । साइप्रस स्थित नियोपोलिस विश्वविद्यालय पाफोसको ‘एजेन्ट मिट एन्ड ग्रि ...

    सम्पर्क

    • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
    • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
    • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
    • स्थायी लेखा नं.: ६१०१३९७३०
    • पारस सुबेदी (ईटहरी)
    • सरोज पौडेल (बिराटनगर)
    • बिनोद कार्की (तेर्ह्रथुम)
    • पुजन खनाल (धनकुटा)
    • पदम कार्की (पाँचथर)
    • विज्ञापनका लागि : ९८०७०६३२५४
    • Email: [email protected]