इटहरी । नेकपा एमालेका स्थायी कमिटि सदस्य प्रदेश १ का इन्र्चाज देवराज घिमिरेले एमालेले प्रदेश १ का कम्तिमा एकसय पालिकामा जित्ने दावी गरेका छन् । 

उनले प्रदेश १ का १३७ पालिकामध्ये कम्तिमा सय पालिकामा एमालेले जित्ने दावी गरेका हुन् ।  । घिमिरेले भने ‘गठवन्धनको भिजन,मिसन,कार्यक्रम केहि छैन,अपवित्र गठवन्धन हो, गठवन्धनकै दलभित्रको किचलोले उनिहरुको पनि भोट सूर्यमा आउछ ।’ 

एमालेलाई हराउन र आफना छोरा, छोरी, नाता गोतालाई चुनावमा उठाउन वनेको गठवन्धनलाइ जनताले राम्ररी चिनिसकेको उनले दावी गरे । देश र जनताको हीतमा काम गर्ने पार्टी एमालेमात्र भएको जनतामाझ प्रष्ट भएको घिमिरेको भनाई छ । 

ठूलो हिस्सा माओवादी केन्द्रको नेकपा एमालेमै रहेको,नेपाली काँग्रेसवाट पनि एमलेमा प्रवेश गर्नेको लहरनै चलेका कारण अघिल्लो चुनावको अंकगणित हिसाव गरेर वस्नुको कुनै अर्थ नहुने इन्र्चाज घिमिरेले प्रष्ट पारे । 

गठवन्धन घोषणा पत्र लिएर जनता माझ जानै नसकेको उनको आरोप छ । मुख्य पदहरु मध्ये एकमा महिला उठाउनु पर्ने महिलाको संवैधानिक अघिकार हनन गरेका कारण महिला दिदीवहिनी गठवन्धन सँग रिसाएको उनको भनाइ छ ।