भोजपुर । भोजपुरको षडानन्द नगरपालिका साङपाङमा नचिनेको समूहले उम्मेदवारमाथि खुकुरी प्रहार गरेको छ ।

शनिबार राति (गएराति) वडा नं १० साङपाङकी वडा सदस्य उम्मेदवार अमिता तामाङलाई नचिनेको व्यक्तिको समूहले कुटपिट गरी खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

तामाङको टाउकोमा चार टाँका लगाइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कुटपिटमा संलग्नको खोजी भइरहेको छ ।

घाइते तामाङको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।