सुनसरी | सुनसरीको गढी गाँउपालिकामा आश नारायण चौधरीको पक्षमा जनलहर देखिएको छ । नेकपा एमालेको तर्फबाट अध्यक्षका उम्मेदवार चौधरीको पक्षमा नेकपा एमालेका कार्यकर्ताको मात्र होइन अन्यदलका व्याक्तिहरुको पनि साथ सहयोग र समर्थन पाइएको छ । नेपाली काँग्रेस लगायत अन्य पार्टी परित्याग गरी एमालेमा प्रवेशको लहरनै छाएको छ ।

योग्य र कुशल व्यक्तिलाई एमालेले अध्यक्षमा उठाएको भन्दै उहाँको पक्षमा जनसर्मथम दिनदिनै अझ वलियो बन्दै गएको स्थानीयले वताएका छन् । अन्य दलका उम्मेदवारका लागि आशनारायण भारी बन्ने देखिएको  छ । गढीमै जन्मे हुर्केर त्यहिँको माटोसँग गाढा सम्वन्ध बनाएका गरिबी निवारणको क्षेत्रमा दशक अघि देखि क्रियाशिल ब्यक्तित्व हुनुहुन्छ आश नारायण चौधरी । उहाँले करिव तीनलाख सदस्य रहेको फरवार्ड माइक्रोफाइनान्सको सिइओको रुपमा कार्यरत रहेर कुशल नेतृत्व क्षमता देखाइसक्नु भएको छ । चालिस जिल्लामा १ सय ६० शाखा रहेको सस्थाका एक हजार कर्मचारीबाट तीनलाख सदस्यलाई परिचालन गरेर लाखौ जनताको अनुहारमा मुस्कान र घरआँगनमा खुशीयाली ल्याइसक्नु भएको छ । उहाँको कुशल नेतृत्ववाट हजारौ हजार जनताको आर्थिक स्तर सवल बनेको छ । गरिबीको ठाँउमा सम्वृद्धिले वास गरेको छ,नेतृत्व क्षमता बढेको छ । योजना निर्माणको क्षेत्रमा समेत उत्तिकै दख्खल राख्ने आश नारायण चौधरीले गढी गाँउपालिकाको सम्वृद्धि र विकासका लागि दीर्घकालिन र अल्पकालिन योजना तयार गरेर एउटा नमुना गाँउपालिका बनाउने लक्ष्य राख्नु भएको छ।279257726_3270129769938506_6230117464189067622_n

आश नारायण चौधरी नेकपा एमालेको जिल्ला सदस्य र गढी गाँउपालिकाको इन्चार्ज हुनुहुन्छ । आर्थिक शसक्तिकरण अभियानका अगुवा, ग्रामिण अर्थतन्त्रकोक्षेत्रका विज्ञ ब्यक्तित्व आश नारायण चौधरीले अब्यवस्थित वसोवासलाई ब्यवस्थित गर्ने,पहिलेदेखिनै वसोवास गरिरहेका भूमिहिनलाई आवासको ब्यवस्था मिलाउने प्रतिवद्धता जनाउनु भएको छ । धार्मिक गढी वनक्षेत्रको संरक्षण गर्दै प्रदेश १ कै एक नमूना पर्यटकीय क्षेत्र बनाउने उहाँको लक्ष्य छ । यस्तै गढी खेलमैदानको स्तरोन्नती गरी खेलकूद क्षेत्रलाई ब्यवसायीकरण गर्ने कार्यलाई निर्वाचित भएलगत्तै अघि बढाउन चाहानु हुन्छ । सबै वडाको सडकहरुको स्तरोन्नती गर्ने, मूलवाटोहरुमा नाला सहितको कालोपत्रे गर्ने योजना छ । सामुदायिक भवन नभएका वडामा सामुदायिक भवन बनाउने, प्राविधिक शिक्षाको ब्यवस्था गर्ने,गरीव तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृति प्रदान गर्ने एमाले गढीले आश नारायण चौधरी मार्फत गाँउपालिकाबाट कार्यावन्यन गराउने उदेश्य लिएको छ । युवाको प्रतिभाको खोजी गरी राष्ट्रिय अन्तराष्ट्रिय क्षेत्रमा पहुँचका लागि पहल गर्न पनि उपयुक्त व्यक्ति आश नारायण चौधरी नै रहेको जनाउदै अन्य पार्टीका ब्यक्तिहरु पनि एमाले गढीको चुनावी अभियानमा सक्रिय हुन थालेका छन् ।

एमएड र एमएस्सी गरी दुई विषयमा स्नातकोत्तर गर्नुभएका वौद्धिक ब्यक्तित्ववाट गाँउपालिकाको नेतृत्व हुदाँ गाँउपालिकाले मुहार फेर्नेमा स्थानीय आशावादी देखिन्छन् । थाइल्याण्ड, फिलिपिन्स, बंगलादेश, भारत लगायतका देशहरुमा भएका अन्तराष्ट्रिय सेमिनारहरुमा सहभागिताबाट उहाँले पाएको ज्ञान र शीप गाँउ पालिकाको सम्वृद्धि र विकासमा पोखिने स्थानीयको अपेक्षा छ।