इटहरी । इटहरी वडा नं.६ को वडा सदस्यका उम्मेदवार युवा व्यवशायी उमेश दाहालले आफूले जितेमा व्यवशायीक क्षेत्रको समस्या समाधान गर्ने बताएका छन् । होटल व्यवशायको क्षेत्रमा लामो समयदेखि सक्रिय दाहालले सबैको साझा हित र विकासका लागि आफ्नो उम्मेदवारी रहेको बताएका छन् ।

दुई दशकदेखि व्यवशायमा सक्रिय उनले आफूलाई सबै पार्टीका व्यवशायी र वडावासीको समर्थन रहेको बताएका छन् । उद्योग वाणिज्य संघमा तीन कार्यकालदेखि कार्यसमिति सदस्य रहेर नेतृत्वलाई सहयोग गर्दै आएका उनी लायन्स क्लबमार्फत् समाजसेवामा पनि उत्तिकै सक्रिय छन् ।

उद्योगी व्यवसायि महासंघको जिल्ला उपसचिव, राष्ट्रिय वाणिज्य संघको नगरको सचिव हुँदै नेकपा एमालेको २२ नम्बर शाखाको वार्डको अध्यक्षको भुमिका समेत उनले निर्वाह गरिसकेका छन् । 

होटल व्यवसायि संघ इटहरीको अध्यक्ष हुँदा पनि विभिन्न टोल विकास संस्थासँग समन्वय गरेर काम गरिरहेको अनुभवलाई उनले वडा कार्यालयमार्फत् वडावासीको हितमा लागु गर्न खोजेको बताए । उनले पार्टीको संगठन पनि मजबुत रहेको विभिन्न टोल संगठनहरुसमेत मजबुत रहेको अवस्थामा आफूले र आफ्नो वडाध्यक्षका उम्मेदवार उमेश पौडेलको टिमले नै जित्ने दावीसमेत गरे ।