इटहरी । नेपाली काँग्रेसका क्रियाशील सदस्य सोनालाल चौधरीसहित ३० जना नेकपा एमाले पार्टी प्रवेश गरेका छन् । 

काँग्रेसको वडा नं. ४ समितिमा रहेका चौधरी समुहसहित एमाले प्रवेश गरेको नेकपा एमाले वडा नं. ४ का अध्यक्ष सुनिल कार्कीले जानकारी दिए । एमालेको संगठन, काम गर्ने शैली र भिजन देखेर चौधरी एमाले प्रवेश गरेको कार्कीले बताए ।

चौधरीलाई नेकपा एमाले प्रदेश इन्चार्ज तैयब हुसैन, एमाले नेताहरु बालकृष्ण कार्की, वडा नं. ४ का वडाध्यक्ष उम्मेदवार भक्त लामालगायत एमाले नेताहरुले स्वागत गरेका थिए ।

इटहरीमा नेपाली काँग्रेसलगायत गठबन्धनले चुनावी सभा आयोजना गरेकै दिन चौधरी र उनको समुह एमाले प्रवेश गरेको हो ।