तरहरा : इटहरी उपमहानगरपालिका वडा नं. २० मा राप्रपाबाट वडाध्यक्षमा उम्मेदवारी दिएका दीपबहादुर पुरीको लोकप्रियता बढ्दो छ ।
व्यवसायसँगै राजनीतिमा होमिएका उनी आफूले भ्रष्टाचारमुक्त वडा बनाउने अभियान अन्तर्गत वडाध्यक्षमा उम्मेदवारी दिएको बताउँछन् ।वडाको सामाजिक, आर्थिक, भौतिक लगायत सम्पूर्ण स्थिति देखिनेगरी डिजिटल प्रोफाइल बनाउने, वडाबासीको विकास प्रक्रियामा संलग्न हुन पाउने हक, र सूचनाको हकमा सम्मान, दलीय विभेद नगरी जनताको सेवा जस्ता कुरालाई आफ्नो संकल्प पत्रमा उल्लेख गरेका पुरीले अहिले राष्ट्रको मुद्वा कमजोर भएको बताए ।तरहराको विवेकपूर्ण विकास गर्नका लागि आफूले उम्मेदवारी दिएको बताउँदै उनले भने, ‘सुशासन स्वस्फूर्त बनाउन, बालमैत्री वडा बनाउन, वृद्वलाई लक्षित गरी सकारात्मक कार्यक्रम गर्नका लागि मेरो उम्मेदवारी हो ।’ उनले अहिले यस क्षेत्रका खोलानाला अव्यवस्थित रहेका कारण त्यसलाई निरुपण गर्नका लागि पनि आफ्नो उम्मेदवारी रहेको बताए ।


