इटहरी/ स्थानीय तहको निर्वाचनको मिति जति नजिकिँदै छ, चुनावी सरगर्मी पनि त्यतिनै बढ्न थालेको छ । इटहरी उपमहानगरपालिका वडा नम्बर ९ को सन्दर्भ जोड्नुपर्दा लोकप्रिय युवा नेताका रुपमा परिचित जितेन्द्र थापाको उमेदवारीले वडावासी उत्साहित देखिन्छन् ।आसन्न स्थानीय तहको निर्वाचनका लागि नेकपा एमालेको तर्फबाट इटहरी उपमहानगरपालिका वडा नम्बर ९ मा अध्यक्ष पदका लागि उम्मेदवारी दिएका जितेन्द्र थापाको नेतृत्वको टोलीले घरदैलो अभियानलाई निरन्तरता दिँदै वडावासीहरूको घर – घरमा पुगेर आर्शिवाद लिखे चुनाव चिन्ह सूर्यमा मतदान गरी उम्मेदवारहरूलाई बिजयी बनाउन अनुरोध गरेका छन् । साथै उनले समाज रूपान्तरणका लागी युवा नेतृत्वमा आउनुपर्नेमा जोड दिए । 


थापाले निर्वाचित भएर आएमा वडामा शिक्षा , स्वास्थ्य लगायतका क्षेत्रलाई प्राथमिकतामा राखी वडा विकासका संवाहक पक्षलाई पहिचान गरी त्यसको सम्मान तथा प्रोत्साहन गर्ने योजनाको साथ आफूले उम्मेदवारी दिएको बताए  । उनले वडामा अवस्थित खेल मैदानको संरक्षण, खेलाडी र खेल क्षेत्रलाई प्रोत्साहन गर्ने कुरामा विशेष जोड दिने बताएका छन् । इटहरी ९ को मुख्य समस्याका रुपमा रहेको खोला तटबन्धन तथा नियन्त्रण, डुबान र त्यसको वर्षेनी क्षतिलाई न्यूनिकरण गर्नका लागी आफू निरन्तर लागी पर्ने साथै आफ्नो टिम निर्वाचित भएमा वडाका सबै समस्या समाधान गर्ने पनि उनले बताए । 

279274502_114218814609833_4103837429708045112_n_1651801572


इटहरी २ नम्बर वडामा रहेका मुख्य पर्यटकीय क्षेत्रलाई देशव्यापी रुपमा परीचीत गराउने, निम्न वर्गीय र आर्थिक अवस्था कमजोर भएकाहरूको लागी शिक्षा स्वास्थ्यमा सहुलियत रुपमा समान पहुँचमा ल्याउने , सुकुम्बासी समस्यालाई समस्या नभएर समाधान तर्फ अगाडि बढाउने , कृषिलाई व्यवसायिक र आम्दानीमूलक बनाउनेमा आफ्नो भूमिका रहने उनले बताएका छन् ।

त्यस्तै गरि थापाको प्यानलमा महिला सदस्यमा सन्जु प्रधान, दलित महिला तर्फ राधिका महर्जन , खुल्ला सदस्यमा शिबराम शर्मा , त्यस्तै खुल्ला सदस्यमै कल्पन घिमिरे रहेका छन् ।