काठमाण्डौ । अहिलेसम्म २५ प्रतिशत मतदान भैसकेको निर्वाचन आयोगले जनाएको छ ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार ११ बजेसम्ममा झण्डै २५ प्रतिशत मतदान भएको हो ।
आयोगका अनुसार केही ठाउँमा तनाव र झडप भए पनि धेरै ठाउँमा शान्तिपूर्ण र उत्साहजनक रुपमा मतदान भैरहेको छ । बिहान ७ बजेदेखि सुरु भएको मतदान बेलुका ५ बजेसम्म चल्नेछ ।
६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका र ४६० गाउँपालिकाको लागि मतदान भएको हो ।
मेयरमा ७५३, उपमेयरमा ७५३, वडाध्यक्षमा ६ हजार ७४३, महिला र दलित महिला सदस्यमा ६ हजार ७४३ तथा खुला सदस्यमा १३ हजार ४८६ गरी ३५ हजार २२१ पदको लागि कुल एक लाख ४५ हजार ११ जना उम्मेदवार छन् ।


