विराटनगर । मोरङको कानेपोखरी गाउँपालिकामा नेकपा (एमाले)ले अग्रता कायमै राखेको छ। २४ सय मतगणना हुँदा प्रमुख र उपप्रमुख दुवै पदमा एमाले अगाडि रहेको हो। 
 
अध्यक्षमा एमाले उम्मेदवार राजमति इङ्नामले ९६७ र कांग्रेसका उम्मेदवार सञ्जय भट्टराईले ६०७ मत ल्याएका छन्। उपाध्यक्षमा एमाले उम्मेदवार भोलाप्रसाद अधिकारीलाई १०२४ र कांग्रेसकी मनकुमारी गुरुङलार्य ७४८ मत प्राप्त भएको छ। 

माओवादी केन्द्रबाट अध्यक्षका उम्मेदवार सूर्य धिमालले ६६५ र उपाध्यक्षमा माओवादीकी तारा ओझाले ५०२ मत पाएका छन्।