काठमाडौं । सोलुखुम्बुको सोताङ गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) का कार्यकर्ताबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ ।

स्थानीय ३५ वर्षीय सुदीप राईको मृत्यु भएको हो । उनी कांग्रेस कार्यकर्ता रहेको बताइएको छ । ढुंगा प्रहारबाट टाउकोमा गम्भीर चोट लागेका उनको उपचारका क्रममा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी अनिल अधिकारीले जानकारी दिएका छन् ।

मतदातालाई घर लैजाने विषयमा विवाद हुँदा झडप भएको थिया । अरू केही व्यक्ति घाइते भएको प्रजिअ खनालले बताए । घाइतेहरूको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको बताइएको छ ।