मनाङः मनाङको सदरमुकाम चामे गाउँपालिकाको अध्यक्ष पदमा पुनः एमालेका लोकेन्द्रबहादुर घले विजयी भएका छन् ।
३२० मत ल्याएर उनी विजयी हुँदा उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका छिरिङ ध्वर्जे लामाले २७९ मत पाएका थिए । २०७४ सालको निर्वाचनमा २१४ मत ल्याएर घले नै गाउँपालिकाको अध्यक्षमा विजयी भएका थिए ।
सो गाउँपालिकाको उपाध्यक्षमा नेपाली कांग्रेसकी मिङ्मर डोल्मा लामा ३२५ मत ल्याएर विजयी भएकी छिन् । अध्यक्ष पदमा विजयी घलेभन्दा उनी ५ मत बढी ल्याएर विजयी भएकी छिन् । उनकी प्रतिद्वन्द्वी एमालेकी आशाकुमारी गुरूङले २७४ मत ल्याएकी छिन् ।
चामेको वडा नम्बर १ को अध्यक्षमा एमालेका र २ नम्बरमा कांग्रेसका वडाध्यक्ष निर्विरोध निर्वाचित भएका थिए । वडा नम्बर ३ र ४ मा पनि नेपाली कांग्रेसकै उम्मेद्वार विजयी भएका छन् । वडा नम्बर ५ मा वडा अध्यक्षमा दुवै दलका उम्मेद्वारले ३०–३० मत पाएका छन् ।


