विराटचोकः सुन्दरहरैंचामा सर्वदलीय बैठक बस्न नसक्दा मतगणना हुन सकेको छैन । हिजो बसेको सर्वदलीय बैठकमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका प्रतिनिधि उपस्थित नभएपछि सर्वदलीय बैठक बस्न नसकेको बताइएको छ । आज बिहान ८ बजे सर्वदलीय बैठक बस्ने बताइएको छ ।
निर्वाचन अधिकृतको कार्यालयले कति मत खस्यो भन्ने बारेमा पनि आधिकारिक जानकारी अहिलेसम्म सार्वजनिक गरेको छैन ।
वडा नम्बर ७ का वडाध्यक्ष पदका स्वतन्त्र उम्मेद्वार भुवनसिंह मगरका अनुसार कांग्रेस र माओवादी बाहेकका दल तथा निर्वाचन अधिकृतको कार्यालयका प्रतिनिधिबीच आज बिहान ४ बजेसम्म बैठक बसेको थियो । त्यसपछि बैठकमा सहभागी सबै जना घर फर्किएका थिए ।


