विराटनगर महानगरपालिकाको मतगणना सुरु भएको छ । विराटनगरको मतगणना आदर्श विद्यालयमा सुरु भएको हो । 

एकै पटक ६ ठाउँबाट मतगणना सुरु गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । विराटनगर–१, २, १६, १७, १८ र १९ नम्बर वडाको मत सुरुमा गनिने छ । विराटनगरमा बिहान ८ बजेदेखि मतगणना सुरु गर्ने तयारी थियो । तर दलका प्रतिनिधि आइनपुगेको र वर्ष पनि भएका कारण मतगणना सुरु गर्न समय लागेको हो । 

विराटनगरमा १९ वटा वडा छन् । सिसी क्यामेरा जडान गरिएको गणनास्थललाई तालजालीले समेत घेरिएको छ ।