स्थानीय तह निर्वाचनअन्तर्गत काठमाडौँको गोकर्णेश्वर नगरपालिकामा मतगणना जारी छ । शुक्रबार सम्पन्न मतदानको मतगणना भइरहेको हो ।

गोकर्णश्वर-१ मा २१ सय मत गन्दा प्रमुख पदमा नेकपा (एमाले)का उम्मेदवार उद्धव विष्टले ९८५ र उपप्रमुखमा सान्नानी लामाले १०५१ मत पाएका छन् ।यस्तै, प्रमुखमा नेपाली काँग्रेसका दीपक रिसालले ९१५ र उपप्रमुखमा शान्ति नेपाल ८१८ मत पाएका छन्।