धनकुटा । धनकुटाको चौबीसे गाउँपापलिका २ को वडा सदस्य ५२ वर्षीय अटलबहादुर सुर्जे मगरको निधन भएको छ । जितेको घोषणा हुँदै गर्दा उनको निधन भएको हो । 

अघिल्लो पटक पनि सदस्य रहेका एमालेका मगरले पुनः उम्मेदवारी दिएका थिए । तर विजयी बनेको खबर सुन्न नपाई मधुमेह र उच्च रक्तचापका बिरामी उनको मष्तिष्कघातका कारण निधन भएको हो । उनले जितको खबर सुन्न पाएनन् ।

लगभग हजार मतको नतिजा सुनिसकेका थिए । चार सय हाराहारी मतको नतिजा आउन बाँकी थियो। विराटनगरस्थित नोबेल अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो ।  लगिएको छोरा मदनले बाताए ।