दार्चुलामा नेकपा एमालेको विजय जुलुसमा गएकाे  गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

गोकुलेश्वरबाट ग्यानीतर्फ गइरहेको से १ ज २७७ नम्बरको माइक्रो बस सडकबाट ५ मिटर तल रोल खोलामा खस्दा ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले बताए ।चालकसमेत रहेका शैल्यशिखर नगरपालिका ६ का प्रकाश धामी र सोही ठाउँका सहचालक समेत रहेका नविन सिंह धामीको सनाखत भएको छ भने अर्का एक जना मृतकको परिचय खुल्न सकेको छैन ।