विराटनगर । मोरङको मिक्लाजुङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा गठबन्धनका उमेदवार विजयी भएका छन् । अध्यक्षमा नेपाली कांग्रेसका  बवीकुमार राई र उपाध्यक्षमा माओवादी केन्द्रका दिनेश पौडेल निर्वाचित भएका हुन् ।

अध्यक्षमा राईले ८२५३ मत र पौडेलले उपाध्यक्षमा ५६२६ मत ल्याए ।
 
२०७४ मा मिक्लाजुङमा एमालेले दुवै पद जितेको थियो । अध्यक्षमा पराजित एमालेका नरेन्द्रप्रसाद ढुङ्गेलले ४९१६ मत प्राप्त गरे । उपाध्यक्षमा एमालेकी निर्मला राई ५४५५ मत ल्याएकी छन् ।

गाउँपालिकाको ९ मध्ये पाँचमा कांग्रेस र दुई(दुईमा वडामा माओवादी केन्द्र र एमालेले जितेका छन् । वडा नं १ मा कांग्रेसका पर्वत राई, २ मा कांग्रेसका बलबहादुर श्रेष्ठ, ३ मा एमालेका सन्तोषकुमार मगर, ४ मा कांग्रेसका विशाल राई, ५ मा मेघनाथ तामाङ, ६ मा कांग्रेसका खडीबहादुर मगर, ७ मा एमालेका सुशीलराज चौहान, ८ मा माओवादीका पूर्णबहादुर कुँवर र ९ मा कांग्रेसका सेमन्तराज दाहाल विजयी भएका छन् ।