इटहरी/धनकुटाको महालक्ष्मी नगरपालिका प्रमुखमा नेपालि कांग्रेसका उम्मेदवार ध्रुवकुमार राय विजयि भएका छन् । गठबन्धनको तर्फबाट उम्मेदवार बनेका रायले ६३२८ मत प्राप्त गर्दै विजयि भएका हुन् । उनका प्रतिद्धन्द्धी नेकपा एमाले तर्फबाट उम्मेदवार बनेका दिपक बुढाथोकिले ५१३९ मत मात्र प्राप्त गरे ।बुढाथोकिलाइ ११८९ मतले पछि पार्दै रायले विजयि हासिल गरेका हुन् । त्यस्तै उपमेयर तर्फ भने नेकपा एमालेकि मञ्जु कार्की (अधिकारीले) ५३८४ मत प्राप्त गर्दै विजयि भइन भने उनका प्रतिद्धन्द्धी नेकपा माओवादी केन्द्रका उम्मेदवार प्रेम खड्काले ४९३४ मत मात्र प्राप्त गरे ।प्रेम खड्कालाइ ४५० मतले पछि पार्दै मञ्जु कार्की(अधिकारीे) विजयी भएकी छिन् ।


