इटहरी/इटहरी उप महानगरपालिकामा गठबन्धनका उम्मेदवार हेमकर्ण पौडेल २ हजार २ मतले अग्रता लिएका छन् । गठबन्धन तर्फबाट  नेपालि कांग्रेसका उम्मेदवार बनेका  हेमकर्ण पौडेलले १३७७९ मत ल्यनएका छन् भने उनका प्रतिद्धन्द्धी नेकपा एमालेका उम्मेदवार याम कुमार सुव्वाले ११५६५ मत ल्याएका छन् । राप्रपा मेयर पदका उम्मेदवारले १३२० मत ल्याएका छन् । त्यस्तै उपमेयर तर्फ भने नेकपा एमालेले अग्रता लिएको छ । भने नेकपा एमालेकी उम्मेदवार संगिता कुमारी चौधरीले १२९२४ मत प्राप्त गरेकि छिन् भने नेकपा एकिकृत समाजवादिका उम्मेदवार केशव कुमार विष्टले ८२०९ मत ल्याएमा छन्। त्यस्तै  राप्रपाकी उम्मेदवारले १७५२ मत खल्यएकी छिन् भने स्वतन्त्र उम्मेदवारले १३४ मत मात्र ल्याएका छन् ।