इटहरी वडा न ३ मा नेकपा एमाले तर्फका वडा अध्यक्ष सहित पुरै प्यानल नै विजयी भएका छन् । नेकपा एमालेका उम्मेदवार उमेश सुुवेदिले ९६८ मत प्राप्त गर्दै विजयि हुनुभयो भने उहाका प्रतिद्धन्द्धी नेपालि कांग्रेसका उम्मेदवारले ७३६ मत प्राप्त गरे भने कांगेसकै बागि उम्मेदवार बालकृष्ण विष्टले ८६१ मत प्राप्त गरे । त्यसै गरि सदस्य तर्फ भने महिला सदस्य पवित्रा कोइरालाले १२०० मत ल्याइन भने दलित महिला सदस्य मिना रसाइलिले ११८३ मत ल्याइन त्यस्तै खुल्ला सदस्य तर्फका उम्मेदवार दिपेन्द्र लिम्बुले ११८१ मत ल्याए र खुल्ला सदस्य तर्फकै उम्मेदवार टिकाराम तामाङले ११४९ मत ल्याइ विजयी भए ।विजयि हुने सबै नेकपा एमाले तर्फका उम्मेदवार हुन् ।


