इटहरी/इटहरी वडा नम्बर १८ मा नेकपा एमालेका वडा अध्यक्ष रामकुमार चौधरी सहित प्यानल नै विजयि भएका छन् । नेकपा एमालेका उम्मेदवार रामकुमार चौधरीले ११६६ मत प्राप्त गर्दै विजयि भए भने उहाका प्रतिद्वन्दि गठबन्धनका नेकपा माओवादी केन्द्रका उम्मेदवार राजदेव चौधरीले ७१६ मत मात्र ल्याएका थिए ।राजदेव चौधरीलाइ ४५० मतले पछि पार्दै रामकुमार चौधरीले जित हासिल गरे । भने सदस्य तर्फ महिला सदस्य जसमिन मियाले ११९८ मत ल्याइन भने दलित महिला सदस्य रिङ्गकु मोचिले ११८६ मत ल्याइन भने खुल्ला सदस्य तर्फ संगित कुमार बस्नेतले ११४४ मत प्राप्त गरे र खुल्ला सदस्य तर्फकै उम्मेदवार अक्बस मियाले ११३० मत प्राप्त गर्दै विजयि भए । विजयि हुनेमा सबै नेकपा एमाले तर्फका उम्मेदवार हुन् ।


