इटहरी /इटहरी उप—महानगरपालिका वडा नम्बर २ मा नेकपा एमालेका माधव कोइराला सहित पुरै प्यानल नै विजयि भएका छन् ।नेकपा एमालेका उम्मेदवार माधव कोइरालाले ३२२७ मत प्राप्त गरे भने उनका प्रतिद्धन्द्धी नेपालि कांग्रेसका उम्मेदवार राजु बस्नेतले २८०३ मत मात्र प्राप्त गरे । बस्नेतलाइ ४२४ मतले पछि पार्दै कोइरालाले जित हासिल गरे । वडा सदस्य तर्फ भने महिला सदस्य भिमा कुमारी तुमाहाम्फेले ३३३४ मत प्राप्त गरिन  भने दलित महिला सदस्य तर्फ चम्पा माया वि.क. ले ३३०५ मत प्राप्त गरिन त्यस्तै खुल्ला सदस्य तर्फ कृष्ण कुमार राईले ३०६२ मत प्राप्त गरे र खुल्ला सदस्य तर्फकै उम्मेदवार दुर्गा बहादुर धमलाले २९११ मत  प्राप्त गर्दै विजय भए । विजयि हुनेमा सबै नेकपा एमालेका उम्मेदवार हुन् ।