इटहरी/धरान उपमहानगरपालिकामा लौरो चुनाव चिन्ह लिएर उठेका स्वतन्त्र उम्मेदवार हर्क बहादुर साम्पाङले १४७ मतले अग्रता लिएका छन् । अहिले सम्म २९४६१ म्त गणना हुदा स्वतन्त्र उम्मेदवार साम्पाङले ८०५९ मत प्राप्त गर्दा गठबन्धनका मेयरका उम्मेदवार किशोर राईले ८३६२ मत पाएका छन् । त्यस्तै एमालेबाट मेयर पदकि उम्मेदवार मञ्जु भण्डारीले ६८५८ मत पाएकि छिन् । त्यस्तै उप प्रमुख तर्फ भने गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार अइन्द्रविक्रम बेघाले ९४३० मत प्राप्त गरे भने उनका प्रतिद्धन्द्धी एमालेका उम्मेदवार पदम बहादुर लिम्बुले ९०७९ मत मात्र पाएका छन् ।