चितवन/भरतपुर महानगरपालिका चितवनमा मेयर पदकी उम्मेदवार रेणु दाहालले ३ हजार मतले अग्रता लिएकि छिन् । भरतपुर महानगरपालिकामा अहिले सम्म ३९९६१ मत गणना सम्पन्न भएको छ । जसमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालले १५१६२ मत प्राप्त गरेकी छिन् । उनका प्रतिद्धन्द्धी नेकपा एमालेका उम्मेदवार विजय सुवेदिले १२१३६ मत प्राप्त गरेका छन् । त्यस्तै स्वतन्त्र उम्मेदवार जगनाथ पौडेलले ६२६८ मत मात्र प्राप्त गरेका छन् । र उपमेयर तर्फ भने गठबन्धनबाट कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले अग्रता लिएका छन् । उनले १७५३५ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्धन्द्धी राप्रपाकी उम्मेदवार हिमला गुरुङले ९७३२ मत ल्याएकि छिन् । अहिले सम्म गुरुङलाइ ७८०३ मतले पछि पार्दै अधिकारीले अग्रता लिएका छन् ।


