इटहरी/इटहरी उपमहानगरपालिकामा मेयर पदमा गठबन्धनबाट उम्मेदवार बनेका नेपालि कांग्रेसका हमकर्ण पौडेलले अग्रता लिनु भएको छ । उहाँले १६५०८ मत ल्याउनु भएको छ भने उहाँका प्रतिद्धन्द्धी नेकपा एमालेका उम्मेदवार यामकुमार सुव्वाले १३८७९ मत ल्याएर पछ्याइ रहनु भएको छ ।भने राप्रपाका मेयर पदका उम्मेदवार आकाश हाङ सुव्वाले १५६५ मत ल्याउनु भएको छ । सुव्वालाइ २६२९ मतले पछि पार्दै पौडेलले अग्रता कायम राख्नु भएको छ । उपमेयर तर्फ भने नेकपा एमालेकि उम्मेदवार संगिता कुमारी चौधरीले अग्रता लिनुभएको छ । उहाँले १५६९३ मत प्राप्त गनुभएको छ । भने उहाका प्रतिद्धन्द्धी गठबन्धन तर्फका उम्मेदवार नेकपा एकिकृत समाजवादीका केशब कुमार विश्टले ९६४३ मत ल्याउनु भएको छ ।