सुनसरी । धरानको मतगणना आज बिहान साढे नौ बजेदेखि सुरु भएको छ । मतपत्रमा निर्वाचन अधिकृतको हस्ताक्षर नभएको विषयमा उत्पन्न विवादका कारण करिब १५ घण्टा मतगणना रोकिएको थियो । 

विवाद भएको वडा नं. २० लाई तत्कालका लागि थाति राखेर अन्य वडाको गणना कार्यलाई निरन्तरता दिने राजनीतिक दलहरूबीच सहमति भएपिछ मतगणना कार्य सुरु भएको हो ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार अहिले वडा नं. ८, १२ र १९ को मतगणना भइरहेको छ ।

बुधबार दिउँसो मतगणनाको क्रममा मतदान अधिकृतको हस्ताक्षर गरेकाे नभेिटए पिछ  वडा नं. २० को मतपेटिकामा १८ वटा मतपत्र भेटिएपछि विवाद भएको थियो । उक्त मतपत्र बदर भएको छ । माओवादी केन्द्रले पुनः गणना गर्न माग राखेको थियो ।