केराबारी/ मोरङ्गको केराबारी गाउँपालिकामा नेकपा एमालेले बर्चस्व कायम गरेको छ। निर्वाचन भएका ५१स्थानिय तहका बिभिन्न पदमा अध्यक्ष र उपाध्यक्षसहित ४१ सदस्य जित्दै एमालेले गाउँपालिकामा बर्चस्व कायम गरेको छ ।
गाउँपालिका अध्यक्षमा एमालेका सुमन मिरिङ्गचिङ्ग मगर र उपाध्यक्षमा मनमाया मगर निर्वाचित भएका छन् । अध्यक्षले ७ ८१० मत प्राप्त गरेर निर्वाचित हुँदा ७२६७ मत प्राप्त गर्दै उपाध्यक्ष निर्वाचित भईन।
अध्यक्षका प्रत्यासी गठबन्धन तर्फका उम्मेदवार नेपालि कांग्रेसका उम्मेदवारले प्रतिनिधित्व गरेका निवर्तमान अध्यक्ष रोहित कार्कीले ६३९० मत प्राप्त गर्दै उपबिजेता बन्दा तेश्रो स्थान हासिल गरेका नेकपा माओबादी केन्द्रका तिलक मगरले २१२० मत प्राप्त गरेका छन्।
उपाध्यक्षकी प्रत्यासी गठबन्धनबाट नेकपा एकिकृत समाजबादीको प्रतिनिधित्व गरेकी शुभद्रा राईले ६४२८ मत प्राप्त गर्दै उपबिजेता बन्दा तेश्रो स्थान हासिल गरेको माओबादी केन्द्रकी इन्दिरा दाहालले अध्यक्षका उम्मेद्वारको भन्दा १७१ बढि २२९१ मत प्राप्त गर्दै तेश्रो स्थान हासिल गरेकी छन्।
केराबारीको वडा नम्बर १ मा एकजना मात्र महिला सदस्य निर्बिरोध निर्वाचित भइन्। बिभिन्न वडामा गरेर नेकपा एमालेका ४१ जना निर्वाचित भएका छन्। यस्तै कांग्रेसका ८ जना निर्वाचित भएका छन्। माओबादी केन्द्रका २ जना निर्वाचित भएका छन्।


