केराबारी । मोरङ्गको केराबारी गाउँपालिकामा नेकपा एमालेले बर्चस्व कायम गरेको छ। निर्वाचन भएका ५१ बिभिन्न पदमा अध्यक्ष र उपाध्यक्षसहित ४१ सदस्य जित्दै एमालेले गाउँपालिकामा बर्चस्व कायम गरेको हो।

गाउँपालिका अध्यक्षमा एमालेका सुमन मिरिङ्गचिङ्ग मगर र उपाध्यक्षमा मनमाया मगर निर्वाचित भएका हुन्। अध्यक्षले ७ हजार ८ सय १० मत प्राप्त गरेर निर्वाचित हुँदा ७ हजार २सय ६७ मत प्राप्त गर्दै उपाध्यक्ष निर्वाचित भईन। 

अध्यक्षका प्रत्यासी गठबन्धनबाट कांग्रेसको प्रतिनिधित्व गरेका निवर्तमान अध्यक्ष रोहित कार्कीले ६ हजार ३ सय ९० मत प्राप्त गर्दै उपबिजेता बन्दा तेश्रो स्थान हासिल गरेको माओबादी केन्द्रका तिलक मगरले २ हजार १ सय २० मत प्राप्त गरेका छन्।

उपाध्यक्षकी प्रत्यासी गठबन्धनबाट नेकपा एकिकृत समाजबादीको प्रतिनिधित्व गरेकी शुभद्रा राईले ६ हजार ४ सय २८ मत प्राप्त गर्दै उपबिजेता बन्दा तेश्रो स्थान हासिल गरेको माओबादी केन्द्रकी इन्दिरा दाहालले आफ्नै अध्यक्षका उम्मेद्वारको भन्दा १स य ७१ बढि २ हजार २ सय ९१ मत प्राप्त गर्दै तेश्रो स्थान हासिल गरेकी छन्।

केराबारीको वडा नम्बर १ मा एकजना महिला सदस्य निर्बिरोध निर्वाचित भएकी थिईन। बिभिन्न वडामा गरेर नेकपा एमालेका ४१ जना निर्वाचित भएका छन्। यस्तै कांग्रेसका ८ जना निर्वाचित भएका छन्। माओबादी केन्द्रका २ जना निर्वाचित भएका छन्।