इटहरी/इटहरी वडा नम्बर ४ मा नेकपा एमालेका वडा अध्यक्ष भक्त लामा सहित प्यानल नै विजयि भएको छ । लामाले २३७२ मत प्रप्त गर्नु भयो भने उहाँका प्रतिद्धन्द्धी गठबन्धन नेपालि कांग्रेसका उम्मेदवार विक्रमबाबु थापाले २०४६ मत मात्र प्राप्त गनुभयो । थापालाइ ३२६ मतले पछि पार्दै लामा निर्वाचित हुनुभएको हो । सदस्य तर्फ भने महिला सदस्य लक्ष्मी चपागाइले २४६० मत ल्याउनु भयो भने दलित महिला सदस्य दिलु बराइलिले २३४१ मत ल्याउनुभयो त्यस्तै खुल्ला सदस्य अमृत बहादुर बस्नेतले २२९८ मत र विश्वेस्वर प्रसाद शर्माले २०८९ मत प्राप्त गर्दै निर्वाचित हुनुभएको हो । निर्वाचित हुने सबै नेकपा एमालेका उम्मेदवार हुन् ।