२०७४ सालमा स्थानिय तह निर्वाचनमा चुनिएर आएका जनप्रतिनिधिको पदावदि  जेष्ठ ६ गते शुक्रबारबाट  समाप्त भएको छ । र कुनै स्थानिय तहमा भने राम्रो काम गर्ने जनप्रतिनिधि फेरि टिकट पाएर अहिलेको निर्वाचनमा भाग लिएका छन् । भने कति ठाउमा  राम्रो काम गरेका जनप्रतिनिधिले दोहोरिने चाहना राख्दा राख्दै पनि पुन दोहाेरिन पाएनन् । त्यतिखेर निर्वाचित भएका जनप्रतिनिधिले राम्रो काम गरे भने कति ठाउमा सोचे अनुरुप काम गरेनन् । कति ठाउमा आलोचित भएर निक्लिए भने कुनै ठाउमा वा—वाहिका साथ विदा भए । धरै ठाउमा जनताले नयाँ जनप्रतिनिधि आउछन् र जनताले सोचे अनुरुप काम गर्ने छन् र सुख्ख सुविधा र शिक्षा , स्वास्थ्य, रोजगारी र विभिन्न विकासका पुर्वाधार बन्ने छन् ।भन्ने आशा गरेका थिए । त्यो पुराहुन सकेन जनताले धेरै दुःख सास्ती खेप्नु परो भन्ने उनिहरुको गुनासो छ । त्यसैले गर्दा अहिेले हाम्रो होइन राम्रो लाइ जिताउने बताएका छन् ।

 मुलुक संघियतामा गएपछि दोस्रो चरणमा गत वैशाख ३० गते निर्वाचन भएको छ  । र धेरै ठाउँको मतपरिणम आइसकेको छ र नआएको ठाको पनि आउनेक्रम जारी छ । यस पालि जनता धेरै सचेत भएर मतदान गरे र राम्रो व्याक्तिलाइ जिताएका छन् । र धेरै ठाउमा स्वतन्त्र उम्मेदवारले लिड गरिरहेका छन् । नयाँ निर्वाचित जनप्रतिनिधिले आजबाट पदवाहालि गरेका छन् । भने जेष्ठ १० गते भित्र सबै स्थानिय  तहका जनप्रतिनिधिले पदवाहालि गरिसक्नुपर्ने छ । र कतै मतपणिाम आउनेक्रम जारी छ । नव निर्वाचित जनप्रतिनिधिले कस्तो काम गर्छन् त्यो भने आगामि दिनमा हेर्न बाकि नै छ ।