विराटनगर महानगरपालिका प्रमुखमा कांग्रेसका उम्मेदवार नागेश कोइराला र उप प्रमुखमा एमालेकि शिल्पा कार्कीले अग्रता कायमै गरेकी छिन् । गठबन्धन तर्फका उम्मेदवार नागेश कोइराला ६४७७ मतले अगाडि छन् । अहिले सम्म ७७३०५ मत गणना सम्पन्न भइसकेको छ । जसमा कांग्रेसका नागेश कोइरालाले २५३१२ मत ल्याएका छन्  भने उनका प्रतिद्धन्द्धी नेकपा एमालेका सागर थापाले १८८३५ मत ल्याउका छन् । त्यस्तै जनता समाजवादी पाटि त्यागेर स्वतन्त्र उम्मेदवार दिएका उमेश  यादवले ७३६५ मत ल्याएमा छन् । यस्तै उपमेयर तर्फ  नेकपा एमालेकी शिल्पा कार्कीले अग्रता लिएकि छिन् । उनले २२०२४ मत ल्याउदा उनका प्रतिद्धन्द्धी अमेन्द्र यादवले  १२३६६ मत मात्र ल्याइन ।यसैगरी स्वतन्त्र उम्मेदवार नमिता न्यौपानेले ४५५० मत मात्र ल्याएकि छिन् ।