इटहरी/धरान उप—महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार हर्क सामपाङले फराकिलो अग्रता लिइरहेका छन् । साम्पाङले अहिले ४१५९ मतको अग्रता लिइरहेका छन् । बिहान ९ बजेका मत परिणम अनुसार स्वतन्त्र उम्मेदवार साम्पाङले १५१५५ मत प्राप्त गरेका छन् । र नेपालि कांग्रसका उम्मेदवार किशोर राईले १४९९६ मत प्राप्त गरेका छन् । त्यस्तै नेकपा एमालेकी उम्मेदवार मञ्जु भण्डारीले १२१४३ मत प्राप्त गरेकी छिन् । त्यस्तै उपप्रमुख पदमा नेकपा माओवादी केन्द्रका उम्मेदवार आइन्द्रविक्रम बेघाले अग्रता लिएका छन् । बेघाले १८८६४ मत ल्याउदा नेकपा एमालेका पदम लिम्बुले १६५८१ मत ल्याएका छन् । अब करिब ४६२१ मत गन्न बाँकि रहेको मुख्य निर्वाचन अधिकृतले जानकारी दिनुभयो ।


