इटहरी/इटहरीमा मत गणना सम्मन्न भएको छ ।जसमा मेयरमा कांग्रेसका उम्मेदवार पौडेलले ५०१८ को फराकिलो मतान्तरले विजयी भए । नेपाली कांग्रसबाट मेयर पदमा उम्मेदवारी दिएका हेमकर्ण पौडेलले ३१०४९ प्राप्त गर्नुभयो भने उहाँका प्रतिद्धन्द्धी नेकपा एमालेका उम्मेदवार यामकुमार सुव्वाले २८०३१ म्त ल्याएर पराजित हुनुभयो । 

इता उपमेयर तर्फ भने नेकपा एमालेकी उम्मेदवार संगिता कुमारी चौधरीले १४००० भन्दा बढी मतले विजयि हुनुभयो । चौधरीले ३२४३७ मत ल्याउनु भयो भो उहाँका प्रतिद्धन्द्धी नेकपा एकिकृत समाजवादीका उम्मेदवार केशव कुमार विष्टले १८०३१ मत मात्र ल्याउनुभयो । इटहरीमा ७३८२३ मत खसेको थियो ।२० वटा वडा रहेको इटहरीमा १४ वटा वडा नेकपा एमालेले विजयी प्राप्त गर्यो एक वटामा स्वतन्त्रले जित्यो स्वतन्त्र उम्मेदवार पनि नेकपा,एमालेका बागी उम्मेदवार हुन् ।५ वटा कांग्रेसले जितेको छ ।ति मध्य तिन वटा वडा सदस्य एमालेका उम्मेदवारले जितेका छन् ।

नेपाली कांग्रेसले मेयर सहित र एमालेले उपमेयर सहित आज दिउँसो इटहरीमा विजय जुलुस निकाल्दैछन् ।