दोस्रो पटक मेयरमा उठेका नेपाली काँग्रेसका शिव ढकाललाई पराजित गर्दै मोरङको सुन्दरहरैचामा एमालेका केदारप्रसाद गुरागाई निर्वाचित भएका छन् । उनीसँगै उपमेयरमा पनि एमालेकै अकली चौधरी विजयी भएकी छिन् ।
गुरागाईंले ढकाललाई ७२७ मतले हराएका हुन् । गुरागाईंले २१ हजार ४ सय ५ मत ल्याउँदा ढकालले २० हजार ६ सय ७८ मत ल्याए ।
त्यसैगरी उपमेयरमा एमालेकै अकली चौधरीले २२ हजार ४ सय ५२ मत ल्याउँदा माओवादी केन्द्रका नवराज चापागाईंले ११ हजार ३ सय मत ल्याए ।
यहाँ कांग्रेस र माओवादी केन्द्रको मेयर र उपमेयरमा गठबन्धन थियो ।


