नेकपा एमाले प्रदेश १ कमिटीले गठबन्धनका नाममा स्थानीय तहको निर्वाचनमा एमाले विरुद्ध गठबन्धनद्वारा राज्य शक्तिको चरम दुरुपयोग गरिएको बताएको छ ।
एमाले प्रदेश १ कमिटीले विज्ञप्ति जारी गर्दै निर्वाचनमा संसदीय मूल्यमान्यताको ठाडो उल्लङ्घन गर्ने, अशान्ति, हुल हुज्जत र जबरजस्ती गर्ने काम भएको बताएको छ ।
प्रदेश कमिटी अध्यक्ष तुलसी न्यौपाने द्धरा जारी विज्ञप्तीमा मतदान स्थल कब्जा गर्ने, राज्यको आडमा सर्वसाधारण मतदाता र एमाले पार्टीका कार्यकर्तालाई धाक धम्की दिएको दाबी गरिएको छ । गठबन्धनले राज्य शक्तिको दुरुपयोग गर्दै एमाले नेता तथा कार्यकर्ता माथि साङ्घातिक आक्रमण गर्ने काम
भएको समेत विज्ञप्तिमा उल्लेख छ । सङ्खुवासभाको भोट खोला, उदयपुरको कटारी नगरपालिका, ताप्लेजुङको मिक्वाखोला गाउँपालिका, सुनसरीका कोसी, हरिनगर र भोक्राह नरसिंह गाउँपालिका लगायताका स्थानहरूमा विपक्षी गठबन्धनद्वारा राज्य शक्तिको दुरुपयोग गरेर मतदान प्रभावित पारिएको विज्ञप्तिमा उल्लेख छ ।
गठबन्धनका कार्यकर्ताले निर्वाचनको मतगणना सम्पन्न गरी फर्कने क्रममा सङ्खुवासभाको धर्मदेवी नगरपालिका १ मा
पाटीका सङ्गठित कार्यकर्ता तथा निवर्तमान वडाध्यक्ष नारायण मसाहाङ लिम्बु तथा इटहरीमा एमाले प्रदेश कमिटी सदस्य डम्बर सुवेदी हिमाल माथि साङ्घातिक आक्रमण भएको विज्ञप्तिमा उल्लेख छ । विपक्षी गठबन्धनका कार्यकर्ताको आक्रमणमा परि घाइते भएका लिम्बुको विराट नरसिंह होममा भेन्टिलेटरमा उपचार भइरहेको छ ।
आक्रमणमा परि घाइते भएकाहरूको तत्काल निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्न सरकार सँग एमाले प्रदेश १ कमिटीले माग गरेको छ ।


