इटहरी । नेकपा एमाले १ नं. प्रदेश कमिटी सचिवालय सदस्य हिमाल सुवेदी (डम्बर) माथि इटहरी ६ संगीत चौकमा नियोजित तवरले ज्यान मार्ने अभिप्रायका साथ आक्रमण भएकोले  कडा निन्दा गर्दै आक्रमणकारी लाई  कानुनी दायरमा ल्याउन माग गर्दै  युर्थ फोर्स सुनसरी, युवा संघ सुनसरी, युर्थ फोर्स इटहरी युवा संघ इटहरी लगायत विभिन्न संगठन हरुले पनि विज्ञप्ती जारी गरेका छन्  ।

युथ फोर्स नेपाल, सुनसरीका  प्रमुख रोशन सिंग लामा, राष्ट्रिय युवा संघ नेपाल सुनसरीका अध्यक्ष सुजन लामा, राष्ट्रिय युवा संघ नेपाल इटहरीका अध्यक्ष कमल दाहाल लगायतले   जारी गरेको विज्ञप्तीमा, “राजनीतिक रुपमा जनताबाट अस्वीकृत भएपछि लज्जास्पद पराजयले विक्षप्त भएकाबाट गरिएको यो हमला अत्यन्तै भत्सर्नायोग्य छ । यसको जति निन्दा गरे पनि कम हुन्छ ।” भन्दै आक्रमणको निन्दा गरेको छ ।

“राजनीतिक चेत, विवेक, अनुशासन र संस्कार भएको र कानुनी प्रक्रियामा विश्वास गर्ने पार्टी भएकोले यस घट्नाको कानुनी उपचारका लागि सम्बन्धित पक्ष, स्थानीय प्रशासन र सरकारसँग जोड्दार माग गर्दछौं ।”, भनिएको छ ।

सत्ताको आडमा भएको यो अराजकतालाई ठिक पार्न हामी किञ्चित कमजोर छैनौं भनि चेतावनी दिदै उसले दोषीलाई पक्राउ गरेर कारवाही गर्न ढिलाई गरिएको खण्डमा राष्ट्रिय युवा संघ नेपाल र युथ फोर्स नेपालले चरणबद्ध कडा आन्दोलन गर्ने चेतावनी दिएको छ ।

283517618_3007835902862298_1292721120840368491_n

283277006_705239120526151_419343844617970626_n282573193_382400357239695_8479496820724027505_n