इटहरी/सुनसरीमा दुई उपमहानगरपालिका सहित ४ नगरपालिका र६ गाउँपालिकासहित १२ स्थानीय तह रहेको जिल्लामा सम्पुण स्थनिय तहको अन्तिम मत परिणाम सार्वजनिक भइसकेको छ ।
जिल्लाको १२ स्थानिय तह मध्ये ७ वटामा प्रमुख÷अध्यक्ष जितेर कांग्रेस पहिलो बनेको छ ।उसले ६ वटा उपप्रमुख÷उपाध्यक्षयमा पनि जितेको छ ।
कांग्रेसबाट इटहरी उपमहानगरपालिकाको प्रमुखमा हेमकर्ण पौडेल विजयी भएका छन् । त्यस्तै इनरुवा नगरपालिकाको प्रमुखमा केदार भण्डारी र उपप्रमुखमा विनिता कुमारी मेहेता विजयि भएका छन् भने दुहवी नगरपालिकाको प्रमुखमा वेदनारायण गच्यादार उपप्रमुखमा मेनुका पोख्रेल विजयी भएका छन् । यस्तै बराहक्षेत्र नगरपालिका प्रमुखमा रमेश कार्की विजयी भएका छन् ।
गाउँपालिका तर्फ भने भभोक्राह नरसिङ गाउँपालिकाको अध्यक्षमा अजमल अख्तर मियाँ रउपानध्यक्षमा सुनिताकुमारी उराँव निर्वाचित भएका छन् । हरिनगर गाउँपालिकाको अध्यक्षमा गफार अन्स।ी मियाँ र उपाध्यक्षमा रिमझिमकुमारी भगतत तथा कोशी गाउँपालिकामा अध्यक्षमा ऐयुन अन्सरी र उपाध्यक्षमा कुमारी विभा यादव निर्वाचित भएका छन्।
दोस्रो स्थानमा नेकपा एमालेले ३ पालिकाको प्रमुख÷अध्यक्ष र ५ पालिकामा उपप्रमुख÷उपाध्यक्षमा विजयी हासिल गरेको छ ।
इटहरी उपमहानगरपालिकाको उपप्रमुखमा संगिता कुमारी चौधरी निर्वाचित भएकि छिन् । रामधुनि नगरपालिका प्रमुखमा शंकरलाल चौधरी र उपप्रमुखमा तारा थापा तथा बराहक्षेत्र नगरपालिका उपप्रमुखमा नन्दाकुमारी राई निर्वाचित भएकि छिन्। गाउँपालिका तर्फ बर्जु गाउँपालिकाको अध्यक्षमा जिवछ कुमार राय र उपाध्यक्षमा नितुकुमारी चौधरी निर्वाचित भएका छन् ।तथा गढि गषउँपालिकाको अध्यक्षमा आश नारायण चौधरी र उपाध्क्षमा अनिता कुमारी शाह निर्वाचित भएका छन्।
यता स्वतन्त्र र जसपाका उम्मेदवारले एक÷एक पालिकाको प्रमुख पदमा जित हासिल गरेका छन् । भने एक उपमहानगरपालिकाको उपप्रमुखमा नेकपा माओवादी निर्वाचित भएको छ ।
धरान उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ प्रमुखमा निर्वाचित भएका छन्। त्यस्तै माओवादी केन्द्रका अइन्द्रविक्रम बेघा उपप्रमुखमा निर्वाचित भएका छन् । यस्तै जिल्लाको देवानगञ्ज गाउँपालिकाको अध्यक्ष्मा जसपाका बेचन प्रसाद मेहेता निर्वाचित भएका छन् ।


