इटहरी/ धरानका नवनिर्वाचित मेयर हर्क साम्पाङले सफत ग्रहण लिएका छन् ।
मेयर साम्पाङलाई जिल्ला निर्वाचन अधिकृतसमेत रहेका सुनसरी जिल्ला प्रदेश न. १का न्यायाधिश कैलाश सुवेदीले सपध ग्रहण गराएका हुन् । आज बिहान सुनसरीका इनरुवामा नवनिर्वाचित मेयर साम्पाङलाई न्याधिस सुवेदिले सफथ ग्रहण गराएका हुन् ।मेयर साम्पाङ सफत ग्रहण समारोहमा दौरा सुरुवाल ढाका टोपि पहिरनमा गएका थिए । अब मेयर साम्पाङले धरानमा उपमेयर सहित वडामा निर्वाचित भएका जनप्रतिनिधिलाई सफत ग्रहण गराउने छन् । धरानमा मेउर, उपमेयर सहित १०२ जना जनप्रतिनिधि निर्वाचित भएका छन् ।


