इटहरी/इटहरीका उपमहानगरपालिकाका नवनिर्वाचित मेयर हेमकर्ण पौडेलले सफत ग्रहण लिएका छन् ।मेयर पौडेललाई जिल्ला निर्वाचन अधिकृत रहेका सुनसरी जिल्ला १ नम्बर प्रदेशका न्यायधिस कैलाश सुवेदीले सफत ग्रहण गराए । मेयर पौडेल सफत ग्रहण समारोहमा दौरा सुरुवाल ढाका टोपि पहिरनमा गएका थिए । सफत ग्रहणसँगै पौडेललाई जिल्ला निर्वाचन कार्यलय सुनसरीले प्रमाण पत्र समेत दिएको छ ।
अब पौडेलले उपमेयर सहित वडाका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सफत ग्रहण गराउने कार्यक्रम रहेको छ ।


